MENU

मलेसियामा एक नेपालीको मृत्यु

अन्नपूर्ण शुक्रवार, माघ २८, २०७३ 7141 पटक पढिएको

Share This

राजविराज : वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ।

बेलीचपेना-३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए ।

मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए । उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ । यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदी अरेबियामा मृत्यु भएको थियो ।

दुबै मृतकका परिवारले शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई आग्रह गरेका छन् । रासस

प्रतिकृया दिनुहोस