MENU

मोडलिङ गर्न अब राजधानीमा

अन्नपूर्ण शुक्रवार, माघ २८, २०७३ 6724 पटक पढिएको

Share This

नेपाली समाजमा धेरैजसो अभिभावकले आफ्ना छोराछोरी राम्रो पढेर डाक्टर, इन्जिनियर भइदिए हुन्थ्यो भन्ने चाहना राख्छन् । तर केही यस्ता अभिभावक पनि छन् जसले छोराछोरीको चाहनालाई आत्मासाथ गर्दै उनीहरुको रुचीको क्षेत्रमै लाग्न प्रोत्साहन दिने गर्छन् । धनकुटा ४ देव्रेवास निवासी वरुणा राई यस्तै एक भाग्यमानी युवती हुन जसलाई आफुले चाहेको क्षेत्रबाट अघि बढ्न अभिभावकले हौसला दिए ।

जसका कारण धनकुटाकी बरुणा गत वर्ष राजधानीमा आयोजना गरिएको मिस मंगोल नेपाल २०१६ सहभागी भई फस्ट रनरअप हुन सफल भइन । उनी प्रेमवहादुर दलाहाङ राई र आमा विष्णुदेवी राईकी साइली छोरी हुन । धनकुटामा फेसन मोडलिङसम्बन्धी कार्यक्रम हुँदैन । तापनि उनको रुची मोडलिङमै छ । यही विषयमा २३ वर्षिया वरुणाले हरिबहादुर लम्जेलसँग आफ्नो अनुभव सुनाएकी छन् ।

फेसवुकका कारण सफलता

मिस मंगोल नेपालको फेसवुक पेज वरुणाले फलो गरेकी थिइन् । सो पेजबाट नयाँ प्रतियोगीता सुरु भएको थाहा पाएपछि अनलाइन आवेदन दिइन् । धरानमा पूर्वाञ्चलको अडिसन भयो । नी सहित ८ जना छनोट भए । त्यसपछि नयाँ सपना बोकेर क्लोज क्याम्पका लागि काठमाडौं गइन् । लगभग एक महिना लामो प्रशिक्षणमा आत्माविश्वासमा अभिवृद्धि, लुकेको प्रतिभा पहिचानदेखी स्टेजमा वोल्ने, मासको फेस गर्ने, प्रश्नोतरका तरिकालगायत धेरै कुरा सिक्ने अवसर पाइन् । फेसवुकमा मिस मंगोलको पेज लाइक गरेकाले प्रतियोगीताका बारेमा थाहा पाउनुका साथै धनकुटाबाट काठमाडौंसम्मको यात्रा तय गरी फस्ट रनरअप हुन सफल भएको उनको भनाई छ ।

पढाईमा सधैं अब्बल

वरुणाले यसैवर्ष तुल्सी मेहर क्याम्पस, धनकुटावाट बीबीएस पुरा गरेकी छन् । अब स्नातकोत्तरका लागि काठमाडौं जाने तयारीमा रहेको उनी बताउँछिन । सानैदेखि पढाईमा अब्बल वरुणा कक्षामा सधै प्रथम हुन्छिन् । धनकुटा बजारमा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयवाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेकी उनले सोही विद्यालयबाट प्लस टु पुरा गरेकी हुन् ।


सामाजिक कार्यमा रुची

वाल्यकालदेखि नै सामाजिक कार्यमा रुची राख्ने गरेकी उनी त्यसका लागि उपुक्त अवसरको पर्खाइमा छिन् । मिस मंगोल २०१६ मा फस्ट रनरअप हुँदा पाएको पुरस्कार पनि उनले विराटनगरस्थित एक वालगृहलाई प्रदान गरिन् । यो सहयोग जिल्लामै गर्न चाहन्थिन तर संयोगले विराटनगरमा दिनु परेको उनको भनाई छ । आगामी दिनमा जिल्लाको लागि केही गर्ने सोच उनको छ । जसको लागि धनकुटामा गठन भएको यूवाहरुको समूह स्टेपमा टिममा आवद्ध भएकी छिन् । विभिन्न कार्यक्रमहरु गरि संकलन भएको रकमलाई वालवालिका र महिलाको क्षेत्रमा सहयोग गर्ने उनले बताइन् ।

गजबको आत्मविश्वास

मिस मंगोलको फस्ट रनरअप भएपछि आफूमा केही जिम्मेवारी वोझ भएको उनले बताइन् । उनी भन्छिन् ‘पहिला जे गरेर हिड्दा पनि हुन्छ जस्तो लाग्छ । तर अहिले म मिस मंगोलमा सहभागिता भएको मान्छे । मनपरी हिड्न पाइन्दैन जस्तो लाग्छ ' मिस मंगोलको एक महिने क्लोज क्याम्प रहँदा धेरै कुरा सिक्न पाएको कुरा उनले व्यक्त गरिन् । सूरुमा आफूमा कन्फिडेन्स पाइन् । ‘पहिला मनभित्र धेरै कुरा गर्न सक्छु भन्ने रहर जाग्थ्यो । तर वाहिर वोल्न सक्दिा थिए ।' उनले भनिन् ‘यहाँ आएर वौद्धिक क्षमताका विकास भयो । अव कसैसँग वोल्नु पर्दा । धेरै मान्छे अगाडी वोल्दा डर लाग्दैन । खुलेर कुरा गर्न सक्छु ।' अब हरेक विषयमा वोल्नु पर्दा जानेसम्मको कुरा नडराइ वोल्न सक्ने उनले बताइन् ।

मोडलिङ गर्ने चाहना

वरुणाको पढाई सँगै भविष्यमा मोडलिङ गर्ने चाहना छ । सोही चाहनाले गर्दा उनी मास्टर्स पढ्न काठमाडौं जाँदैछिन् । तर मिस मंगोल २०१६ मा फस्ट रनअप भइसकेपछि उनलाई भिडियो गितमा मोडलिङ गर्न धेरैले प्रस्ताव राखे । अहिले नै मोडलिङ गर्ने तर्फ आफूले नसोचेको भन्दै आफू पन्छिएको उनले बताइन् । राम्रो गीतमा मोडलिङ गर्ने अफर आएको खण्डमा आफूले स्वीकार गर्ने उनले बताइन् । त्यस्तै सामाजिक क्षेत्रको कार्यमा संलग्न हुने उनको योजना छ ।

 

जित्ने आशा थियो

धरान अडिसनमा छनौट हुँदा देखि नै उपाधी जित्छु भन्ने कन्फिडेन्स उनमा थियो । ‘फर्कन्दा धनकुटाको नाम राख्नु नै भनेर गएकी थिएँ' उनले भनिन् ‘सकभर जितेरै आउने लक्ष्य थियो । उपाधी जित्न नपाउँदा मनमा कस्ता कस्तो लाग्यो । तर फस्ट रनरअप भएर पनि धनकुटाको नाम राख्न पाउँदा खुसी लाग्यो ।'

परिवार र साथीभाईको सर्पोट ले नै आफू मिस मंगोल २०१६ को फस्ट रनरअप घोषित् भएको उनले बताइन् । उनलाई सार्थीहरुले तिमीले उपाधी जित्छौं भन्ने हौसला दिने गरेका थिए ।

फुर्सद हुने वित्तिकै उनी पढ्ने गर्छिन् । घरमा वस्दा प्राय उनको हातमा किताव हुने गर्छ । त्यस्तै साथीहरुसँग नयाँ नयाँ ठाउँमा घुम्न उनलाई औधी मन पर्छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100