MENU

सरकारलाई संसदीय समितिको निर्देशनः सुन तस्करलाई कारबाही गर

अन्नपूर्ण बुधवार, पुस २७, २०७३ 4935 पटक पढिएको

Share This

काठमाडौं : व्यवस्थापिका–संसद अर्थ समितिले सुन तस्करलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ । बुधबार समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी कारबाही गर्न निर्देशन दिएको हो ।

अर्थ समितिको बैठकका निर्णय

–त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हुने राजस्व चुहावट र सुन तस्करीको छानविन तथा जाँचबुझ गर्न अधिकार सम्पन्न छानविन समिति गठन गरी त्यसमा देखिएका समस्याह पहिचान गरी दीर्घकालीन रुपमा समस्या समाधान गर्ने संयन्त्र समेत निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने,

-३३ केजी अवैध सुन तस्करीमा संलग्न गिरोह एवम् व्यक्तिहरुको बारेमा तत्काल छानविन गरी त्यस्ता व्यक्तिलाई संगठित अपराध अन्तर्गत कडाभन्दा कडा कारवाही गर्न तथा सोे कार्यमा संलग्न र सहयोग पुर्याउने कर्मचारीहरुलाई प्रचलित ऐन कानुन अनुसार विभागीय र अन्य आवश्यक कारवाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने,

-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने यात्रुको मात्र प्रहरी चेक जाँच हुने र आगमनमा प्रहरीद्वारा कुनैपनि चेकजाँच नहुने भएकोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्याप्त र भरपर्दो चकेजाँचको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने,

-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजश्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि क्षमता अभिवृद्धि गर्न, विमानस्थलमा रहने सरकारी निकायबीच प्रभावकारी समन्वयको व्यवस्था गर्न, सबै निकायको भूमिका स्पष्ट गर्न र आधुनिक चेकजाँच मेसिनसहित विमानस्थलको सुरक्षा प्रणालीलाई सशक्त बनाउदै विमानस्थलको आधुनिकीकरणको काम तीब्र रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिने,

-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन र आपूर्तिको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने ।

Yamaha

प्रतिकृया दिनुहोस

थप सामग्री

dishhomeapp