MENU

ओबामा भाडाकाे घरमा बस्ने : पूर्व राष्ट्रपतिलाई सरकारी आवास सुविधा छैन

अन्नपूर्ण बुधवार, पुस २७, २०७३ 153285 पटक पढिएको

Share This

एजेन्सीः अमेरिकाका वर्तमान राष्ट्रपति २० जनवरीदेखि भाडाको घरमा सर्ने भएका छन् । उनले राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेसँगै उनले ह्वाइट हाउस छोड्नुपर्ने छ ।

ओबामाकी कान्छी छोरी १५ वर्षीया सासा ओबामाले वासिङटनस्थित हाइस्कुलमा अध्ययन गरिरहेकी छन् । अझै दुई वर्षसम्म उनको पढाइ वासिङटनमै हुने भएकाले ओबामाले एउटा भाडाको घर लिइसकेका छन् ।

मेरिकामा पूर्वराष्ट्रपतिलाई सरकारी आवासको सुविधा छैन । पूर्वराष्ट्रपति भएका कारण ओबामाले सिक्रेट सर्भिसको सुरक्षा भने पाउनेछन् ।

ओबामा बस्ने घरको वरिपरि पर्खाल लगाइन थालेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् । उक्त घर सन् १९२८ मा बनेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100