MENU

अपराध अनुसन्धानको समीक्षा गर्दै प्रहरी

गजेन्द्र बोहरा बुधवार, पुस २७, २०७३ 3887 पटक पढिएको

Share This

नेपालगन्जः अञ्चलभरका प्रहरी अधिकृतलाई भेला गरेर भेरी अञ्चल प्रहरी कार्यालयले अपराध अनुसन्धानबारे समीक्षा गरेको छ ।

नेपालगन्जमा भएको ‘अपराध अनुसन्धान कार्यसमीक्षा भेला'मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मध्य क्षेत्रीय प्रही कार्यालाय सुर्खेतका प्रहरी नायव माहनिक्षक माधवप्रशाद नेपालले प्रजातान्त्रिक समाजमा कानुनको शासन अपरिहार्य रहेको बताए । नेपाल प्रहरीको कानुनी कार्यान्वयनमा अग्रणी भूमिका रहेको उनको भनाई थियो ।

उनले अपराध अनुसन्धान र अभीयोजन कार्य मुख्य र चुनौती रहेकोले यस क्षेत्रको सुदृढिकरणको लगि अपराध अनुसन्धान कार्य तर्जुमा भइसकेको र बिशिष्टिकरण प्रणाली नेपाल प्रहरीले लागु गरिसकेको बताए ।

 भेरी अञ्चल प्रहरी प्रमुख धीरु बस्न्यातले ‘बस्तुनिष्ठ अनुसन्धान, मानवअधिकारको सम्मान' भन्ने प्रहरीको अनुसन्धान सिद्धान्तलाई आत्मसात गर्दै जनताको सुरक्षासेवामा खटिन प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए ।

भेलामा सम्बोधन गर्दै प्रहरी प्रमुख बस्न्यातले यो भेलाबाट प्रहरीको अनुसन्धान संस्थागत हुने तथा कार्य शैलीमा थप सुधार हुने अपेक्षा पनि गरे ।

भेलामा नेपाल प्रहरीको अपराध अनुसन्धान र अभियोजन पक्षमा देखापरेका समस्या र चुनौतिको पहिचानबारे छलफल भएकाे थियाे । त्यस्तै  भेलामा अपराधका मुद्दाको अबस्था, अपराधिक सुचना, घटित अपराध मध्ये उत्कृष्ट अनुसन्धानको नमूना तथा सफल अनुसन्धान हुन नसकेका घटनाको समीक्षा भएकाे थियाे ।  

भेलामा अपराध अनुसन्धानका भाबी कार्य योजनालगायतका विषयमा छलफल भएको थियो । त्यस्तै विभिन्न जिल्लाबाट आएका प्रहरी अधिकृतले अपराध अनुसन्धानको अनुभव पनि साटासाट गरेका थिए ।

भेलामा पाँच जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान प्रमुखलगायत ५५ जना प्रहरी अधिकृतहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस