MENU

सार्वजनिक विदा पुनरावलोकन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

635x90

अन्नपूर्ण बुधवार, पुस २७, २०७३ 11385 पटक पढिएको

Share This

काठमाडौं : बुधबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्व र चाड विदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । पुनरावलोकन गर्दा कुन विदा राष्ट्रिय वा कुन विदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

मन्त्री केसीको असन्तुष्टि

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

उनले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे ।

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।

ज्ञवाली पदमुक्त, डा पोखरेल नियुक्त

बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ ।

ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः२४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो ।

नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत थिए । रासस

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100