MENU

पुनर्निर्माण प्राधिकरणको सीईओमा डा. गोविन्द पोख्रेल नियुक्त

अन्नपूर्ण बुधवार, पुस २७, २०७३ 6398 पटक पढिएको

Share This

सुशील ज्ञवाली बर्खास्त

काठमाडौं: सरकारले योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द पोख्रेललाई पुर्नर्निमाण प्राधिकरणको सीईओमा नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सुशील ज्ञवालीलाई सीर्इओबाट बर्खास्त गर्दै डा.पोख्रेललाई सीईओ नियुक्त गरेको हो ।

सरकारले पुर्नर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई प्राधिकरणको काम चिक्त बुझ्दो नभएको भन्दै स्पष्टिकरण सोधेको थियो ।

पहिलो पटक सोधेको स्पष्टिकरणले चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई दोस्रो पटक पनि स्पष्टिकरण सोधेको थियो । दोस्रो पटक ज्ञवालीले बुझाएको स्पष्टिकरणका बारेमा आजको बैठकमा छलफल भएको थियो ।

बैठकमा ज्ञवालीका विषयमा सरकार सकारात्मक नरहेकाले नेपाली कांग्रेसले प्रस्ताव गरेका डा. पोख्रेललाई सरकारले सीईओ नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100