MENU

फेसबुकले आफ्नै मालिकलाई मरेको घोषणा गरेपछि...

अन्नपूर्ण आइतवार, कात्तिक २८, २०७३ 43230 पटक पढिएको

Share This

काठमाडौं: फेसबुकले आफ्नै मालिक मरेको घोषणा गरेको छ । गत शुक्रबार फेसबुकमा आएको समस्याले मालिक मार्क जुकरबर्गको निधन भएको र उनलाई श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको छ ।

जुकरबर्गको प्रोफाइलमा फेसबुकले प्रयोगकर्तालाई सम्झिदै उनको नाममा भावपूर्ण श्रद्धाञ्जलिसहितको म्यासेज देखाइएको थियो ।

फेसबुकले जुकर्रगको प्रोफाइल माथि ‘मार्कलाई मन पराउने जो कोहिले पनि आफूसँग भएको कुनै पनि वस्तुलाई अरुको हितमा प्रयोग गर्न सकेमा उनको आत्मालाई शान्ति मिल्नेछ’ भन्ने सन्देश देखाएको थियो ।

फेसबुकका मालिक जुकरबर्गमात्र नभएर धेरै फेबुक प्रयोगकर्ता यसको सिकार भएका छन् । जिउँदो मानिसको प्रोफाइलमा निधन भएको र निधनमा फेसबुकले श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको थियो ।

आफ्नो प्रोफाइलमा यस्तो समस्या देखापरे पश्चात कतिपय फेसबुक प्रयोगकार्ताले ‘म मरेको छैन’ भन्ने स्टेटस नै राखेको पाइएको छ । यो बिषयलाई लिएर फेसबुकका प्रवक्ताले ठूलो गल्ती भएको र यो समस्याको समाधान भइसकेको बताएका छन् । साथै उनले यो समस्यालाई लिएर माफी मागेका छन् । ‘म र फेसबुक परिवारका तर्फबाट माफिसमेत माग्छु’, उनले भने ।

 

प्रतिकृया दिनुहोस

Dish latest