MENU

भारतीय राष्ट्रपतिलाई ‘वेलकम’ होइन ‘नट-वेलकम’

लुइटेल दिनेश बुधवार, कात्तिक १७, २०७३ 150082 पटक पढिएको

Share This

राष्ट्रपतिको भ्रमणमा बीचबाटोमै रोकिनु पर्दा प्रहरीसँग आक्रोश व्यक्त गर्दै सर्वासाधारण । तस्बिरः सुलभ श्रेष्ठ

काठमाडौंः भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेकी छिन्। यद्यपी सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताले भने भारतीय राष्ट्रपतिकोनेपाल भ्रमणप्रति विरोध जनाएका छन् ।

ट्वीटर प्रयोगकर्ताले भारतीय राष्ट्रपति मुखर्जीविरुद्ध अभियान नै चलाएका छन् । नेपालमा भारतीय राष्ट्रपतिलाई स्वागत छैन भन्ने ट्वीटर ह्यासट्यागमा ट्रेन्डिङ समेत भएको छ ।

नेपाली जनताले ठूलो प्रतिक्षापछि प्राप्त गरेको नयाँ संविधानको भारतले अझैसम्म स्वागत नगर्नु दुःखद् भएको भन्दै ट्वीटर प्रयोगकर्ताले भारतीय राष्ट्रपतिको भ्रमणपछि ट्वीटर प्रयोगकर्ता आक्रोशित देखिएका छन् ।

भारतले मित्रता भन्दा पनि ठूले भाइको सम्बन्ध कायम राख्न खोजेको भन्दै ट्वीटर प्रयोगकर्ताले भारतको विरोध गरेका हुन् । भारतीय नाकाबन्दीप्रति उनले माफी माग्नुपर्ने माग समेत सामाजिक सञ्जालमा उठेको छ ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने अथितिलाई स्वागत गर्नुपर्ने बेलामा विरोध गर्नु नहुने उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस

dishhomeapp