MENU

टेलिकमको वाइम्याक्स सेवा अब ७५ जिल्लामै

अन्नपूर्ण बिहीबार, कात्तिक ११, २०७३ 12504 पटक पढिएको

Share This

काठमाडौंः नेपाल टेलिकमले वाइम्याक्स ब्रोडब्याण्ड इन्टरनेट सेवा ७५ जिल्लामै विस्तार गरेको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ जिल्लामा वाइम्यक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो । आइतबारदेखि हुम्ला जिल्लामा सेवा विस्तार सँगै वाइम्याक्स सेवा ७५ जिल्लामा पुगेको हो ।

नेपाल टेलिकमले २०६९ चैत्र १४ गतेदेखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउदै आएको थियो । कम्पनीले प्रारम्भमै वाइम्याक्स  १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याएको थियो । पछिल्ला दिनमा कर्णाली अञ्चलमा पनि सेवा विस्तार गरेको हो ।

टेलिकमले एक महिनाका लागि  ६ सय ५० रुपैंयामा ५ जीवी डाटा भोलुमदेखी एक वर्षका लागि २० हजार चार सयमा तीन सय ३६ जीबी डाटा भोलुम प्याकेज प्रदान गर्दै आएको छ ।

वाइम्याक्स सबैभन्दा आधुनिक फोर जी प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्पmत् इन्टरनेट चलाउनका लागि कस्टमर प्रिमाइस इक्युमेन्ट (सीपीइ) खरिद गर्नु पर्नेछ । यो उपकरण आउटडोर, इनडोर र युएसबी डोङ्गेल गरी तीन किसिममा उपलब्ध छ । आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर, इनडोर डिभाइसले ५ किलोमिटर र युएसबी डोङ्गेलले दुई किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

थप सामग्री