Annapurna Post Logo
Dish Home
समाज
'शिवपार्वती' अमेरिकामा अलपत्र

अमेरिकामा अलपत्र शिव पार्वतीको मूर्ति (बायाँ) र फिर्ता हुन लागेको मूर्ति।
अमेरिकामा अलपत्र शिव पार्वतीको मूर्ति (बायाँ) र फिर्ता हुन लागेको मूर्ति।

काठमाडौं : नेपालमा निर्मित आठ सय वर्ष पुरानो मूर्ति ६ महिनादेखि अमेरिकामा अलपत्र छ। शिव-पार्वतीसहित अन्य देवीदेवता कुँदिएको धातुको मूर्ति नेपालले उत्पत्तिको प्रमाण जुटाउन नसक्दा अलपत्र परेको हो। अमेरिकाको न्यु मेक्सिकोको सान्टा फेस्थित एसियन आर्टस कम्पनीले मगाएको उक्त मूर्ति गत जुलाईमा अमेरिकी भन्सारले बरामद गरेको थियो।

वासिङ्टनस्थित इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो (एनसीबी) ले नेपालको इन्टरपोल नेसनल कन्ट्रोल ब्युरोलाई जुलाई ११ मा पत्र लेखी मूर्तिबारे जानकारी मागेको थियो। पत्रमा ६८ हजार अमेरिकी डलर मूल्य तोकिएको उक्त मूर्ति उत्पत्तिको प्रमाणपत्र पठाएर फिर्ता लिनसमेत आग्रह गरिएको छ।

युनेस्कोको 'रिजुलोसन' १९७० अनुसार मूर्ति चोरिएको वा गैरकानुनी उत्खनन्‌को प्रमाण पेस गरेमा फिर्ता लिन शुल्क तिर्नु पर्दैन। नेपालले युनेस्को 'रिजुलोसन' मा हस्ताक्षर गरेको छ। युनेस्को नेपाल प्रमुख एक्सेल प्लाथेले प्राचीन तथा पुरातात्त्विक वस्तुको चोरी, तस्करी, उत्खनन् तथा पैठारी रोक्न विश्वका सबै देशले संयुक्त प्रयास गर्नुपर्ने समय आएको बताए।

नेपाल प्रहरीका महानिरीक्षक प्रमुख रहेको इन्टरपोल नेपाल एनसीबीले उक्त मूर्तिको सम्पूर्ण विवरणसहित पुरातत्त्व विभागलाई तत्काल पत्र लेखे पनि हालसम्म विभागले जबाफ पठाएको छैन। पहेंलो धातुको २७ इन्च अग्लो उक्त मूर्ति सन् १२५० मा नेपालमा बनेको वासिङ्टन एनसीबीले पठाएको पत्रमा उल्लेख छ।

युनेस्को काठमाडौं र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरीको इन्टरपोल एनसीबीका नायब उपरीक्षक नरहरि रेग्मीले नेपालबाट हराएका प्राचीन र पुरातात्त्विक महत्त्वका वस्तुको सूचीकरण नहुँदा फिर्ती प्रक्रियामा अवरोध भएको बताए।

पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले उक्त मूर्तिबारे विभागसँग कुनै अभिलेख नरहेकाले पहिचान गर्न समय लागेको बताए। 'उक्त मूर्तिबारे विभागमा केही भेटिँदैन, कुनै अनुसन्धानपत्र र पुस्तकमा पनि उल्लेख छैन, खोजी हुँदैछ', उनले भने। कुँवरले विभागले पत्र लेख्नका लागि कानुनी आधार खोजिरहेको बताए। विभागले उक्त मूर्ति व्यक्तिगत संग्रहकर्तामार्फत अमेरिका पुगेको आशंकामा सोधपुछ गरिरहेको छ।

कार्यक्रममा सहभागी प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले मूर्ति र तस्कर पक्राउ गर्न सके पनि बरामद मूर्तिको उत्पत्ति स्थान पत्ता लगाउन कठिन हुने बताए। उनले भने, 'मुख्य मान्छेभन्दा बिचौलिया समातिन्छन्, कहाँबाट ल्याएको जानकारी पाउन कठिन हुन्छ'। ब्युरोको एउटा शाखाले नै पुरातत्त्व तथा प्राचीन वस्तुको चोरी, तस्करी र उत्खनन्‌का विषयमा अनुसन्धान गर्छ।

फ्रान्सबाट दुई मूर्ति फिर्ता हुँदै
नेपालबाट २९ वर्षअघि चोरी भई फ्रान्स पुर्‍याइएका प्राचीन दुई मूर्ति फिर्ता हुने भएका छन्। भक्तपुरको नासमना टोलबाट सन् १९८४ मा चोरी भएका उमाशंकरका दुई मूर्ति फिर्ता ल्याउन लागिएको हो। ती मूर्ति हाल फ्रान्सको म्युजे गोइमित संग्रहालयको हिमालयन सेक्सनमा छन्।

सेक्सन प्रमुख क्युरेटर नाथली वजिनले ती मूर्ति फिर्ता गर्ने तयारी भइरहेको बताइन्। पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दहालले मूर्ति फिर्ता ल्याउन सार्थक पहल गरिरहेको

© २०१३ नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्बारा प्रकाशित तथा मन्त्र नेटवर्क प्रा.लि.द्बारा न्युजस्कुपमा विकसित एवं भण्डारण
कार्यालय : कर्पोरेट टावर, तीनकुने, काठमाडौं | पोष्ट बक्स नं २४९९९ | फोन ४४८२३०५/४४८२२०७/४४६९७५८ | इमेल: annapurna@annapost.com | द.नं. १३५/०५८/०५९, म.क्षे.हु.नि.द.नं. ०६९\०७०