MENU

मेयर पदका आकांक्षीमाथि निर्घात कुटपिट

भगीरथ अवस्थी शुक्रवार, बैशाख ८, २०७४ 67868 पटक पढिएको

Share This

बैतडी: स्थानीय तहको चुनावी सरगर्मी बढीरहेका बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि बिहीबार राती सांघातिक कुटपिट भएको छ।

गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतीरहेका बेला राती ११ बजेतिर भट्टमाथि कुटपटी भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो। कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पांग्रा फुटेर टुक्रा टुक्रा भएको जिल्ला अस्पातल बैतडीले जनाएको छ । उहाँले भन्नुभयो ‘भट्ट सुतीरहेका बेला शिवनाथ गाउँपालिकाका धिरेन्द्र चन्द र विरेन्द्र लगायतका मानिसहरुले एक्कासी आक्रमण गरेका रहेछन् । आक्रमणबाट भट्ट गम्भीर घाइते हुनुभएको छ।'

भट्टलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल बैतडीका डा. प्रनाम जैरुले जानकारी दिनुभयो। भट्टमाथि कुटपीट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धिरेन्द्र चन्द र विरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका दुवैजना माथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

 

National College 220X220Pix Ad for Annapurna

यसैबीच आफ्ना नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं नेविसंघका नेता ईश्वरदत्त भट्टमाथि भएको कुटपीटको नेपाली कांग्रेसले घोर भत्र्सना गरेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको शुक्रबार बसेको आकस्मिक बैठकले भट्टमाथि आक्रमण गर्नेलाई कानुन अनुसार कडा कारवाही गर्न स्थानीय प्रशासनसंग माग गर्ने निर्णय पनि गरेको छ।

यस्तै जिल्ला सभापति नरेन्द्रसिंह थापाको संयोजकत्वमा नेपाली कांग्रेस क्षेत्र नं २ क्षेत्रीय सचिव शिवराज भट्ट र नेविसंघका प्रतिनिधि महेन्द्र कार्की सदस्य रहेको तीन सदस्यीय छानबीन समिति पनि गठन गरेको छ । समितिलाई वैशाख ११ गतेसम्म आफ्नो प्रतिवेदन बुझाउने समय दिइएको कोषाध्यष पाण्डेयले जानकारी दिनुभयो।

कुटपीट गरेको आरोपमा पक्राउ परेकाहरु नेपाली काँग्रेससंग आवद्ध रहेका भनिएको भएपनि आफ्नो पार्टी र कुनै भातृसंगठनसंग ती व्यक्तिहरु आवद्ध नरहेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिनुभयो। उहाँले भन्नुभयो 'पक्राउ परेका धिरेन्द्र चन्द र विरेन्द्र चन्द माथि हामीले कडा कारवाहीको माग गरेका छौं । ती दुवै जना हाम्रो पार्टीसंग र पार्टीका भातृसंस्थाहरुसंग पनि संलग्न रहेका छैनन्।'

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100