MENU

स्थानीय निर्वाचनमा उम्मेदवार बन्न अधिकृतबाट राजीनामा

देवचन्द्र भट्ट शुक्रवार, बैशाख ८, २०७४ 36927 पटक पढिएको

Share This

नुवाकोट : स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नुवाकोटमा स्थायी कर्मचारीले राजीनामा दिन सुरु गरेका छन्। सरकारी स्थायी अधिकृतले पनि उम्मेदवार बन्नका लागि राजीनामा दिएका छन्।

३० जना भन्दा स्थायी शिक्षकलेसमेत राजीनामा दिनका लागि सदरमुकाम विदुर पुगेर जिल्ला शिक्षा कार्यालयमा आएर परामर्श तथा राय लिइरहेका छन्। दैनिक रुपमा स्थायी शिक्षक स्थानीय तहको उम्मेदवार बन्नकमा लागि राजीनामाको विषय लिएर आउने गरेको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

खड्काका अनुसार ३० भन्दा बढी शिक्षकले स्थानीय तहको निर्वाचनको उम्मेदवारी, सेवा र राजीनामाका सम्वन्धमा सोधपुछ गरेका छन्। मनोनयन पत्र दर्ता हुने अघिल्लो दिनसम्म नुवाकमोटका धेरै शिक्षकहरुले राजीनामा दिने तयारी गरेको जिशिअ खड्काको जानकारी दिनुभयो।

सेवाको पेन्सन अवधि पुगेका शिक्षकले निर्वाचनमा उम्मेदवार पक्का भएपछि मात्र राजनीना दिने तयारीमा रहेका छन्। शिक्षकले आआफना दलसंग टिकटको बार्गेनिङ गर्दै सुनिश्चित भएपछि मात्र राजीनामा दिने मनस्थिति बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटका उपाध्यक्ष तथा महेन्द्र मावि चारघरेका प्रधानाध्यापक चिरन्जिवी भट्टले बताउनुभयो।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि सरकारी स्थायी अधिकृत टलकमान श्रेष्ठले राजनीनामा दिनुभएको छ। विदुर नगरपालिका वडा ४ वट्टारबजार घर भएका ४५ बर्षीय श्रेष्ठ जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत हुनुहुन्थ्यो।

२३ वर्ष एउटै कार्यालयमा सेवा गर्नु भएका श्रेष्ठले विदुर नगरपालिका वडा ४ को वडाध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बन्न राजीनामा दिनुभएको हो। यसैबीच, शिक्षकले पनि उम्मेदवार बन्नका लागि राजीनामा दिने तयारी गरिरहेका छन्।

विभिन्न विद्यालयमा कार्यरत शिक्षकले नगरपालिका र गाउँपालिकामा उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा दिने तयारी गरेको बताइएको छ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100