MENU

मतदान गर्न भारतबाट घर फर्कनेको लर्को

रासस शुक्रवार, बैशाख ८, २०७४ 260 पटक पढिएको

Share This

635-x-85

बाजुरा: बूढीगङ्गा नगरपालिका-१० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किनुभएको छ । उहाँ आठ वर्षपछि घर फर्किनुभएको हो।

संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आउनुभएको हो । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

यस्तै छेडेदह गाउँपालिका-१ का धनसिंह रोकाया तीन महिना अगाडी मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किनुभएको छ । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता हुनुभएको हो। 'वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,” रोकायाले भन्नुभयो । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउनुहुन्छ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली जानुभएको हो। उहाँ स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किनुभएको छ । “मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,” रौलेले भन्नुभयो।

बेतालमाडाँैस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार÷पाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउनुहुन्छ। “बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,” उहाँले भन्नुभयो। अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ। रासस

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2