MENU

उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै शिक्षक

राजेन्द्र कार्की शुक्रवार, बैशाख ८, २०७४ 2493 पटक पढिएको

Share This

अहिलेसम्म ८ जनाले दिए राजीनामा

जाजरकोटः स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन जाजरकोटका ८ जना शिक्षकले राजीनामा दिएका छन्। केहीले भने टिकट पाउने भएपछि मात्र राजीनामा दिने भन्दै टिकटका लागि लविङ गरिरहेका छन्।

जिल्ला शिक्षा कार्यालयका अनुसार नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय समाकोट ढिमेमा कार्यरत शिक्षक प्रेमप्रसाद घर्ती, जनशक्ति निमावि सुवानाउली र इन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा कार्यरत शिक्षक नरेन्द्र कुमार शाहीले स्थानीय तहमा उम्मेदवार हुन शिक्षकबाट राजीनामा दिनु भएको हो।

त्यस्तै, जनता प्रावि पोखरामा कार्यरत शिक्षिका कौशिलावती खत्री, नेपाल राष्ट्रिय प्रावि पैकमा कार्यरत शिक्षिका देविका सिंह, मान्नेढुङ्गा माध्यमिक विद्यालय टालेगाउँमा कार्यरत शिक्षक पृथीबहादुर सिंह, विश्व निमावि सक्लामा कार्यरत शिक्षक दीलबहादुर नेपाली र शान्ति प्रावि पजारुमा कार्यरत शिक्षिका रेश्मा शाहीले शिक्षक पदबाट राजीतनामा दिनु भएको विद्यालय निरीक्षक मानबहादुर गिरीले जानकारी दिनुभयो।

Yamaha

‘उहाँहरुले कुन प्रयोजनका लागि राजीनामा दिनु भएको हो। हामीलाई थाहा भएन शिक्षिका रेश्माबाहेक सवैको राजीनामा स्वीकृत भइसकेको छ। उहाँको पनि केही दिनमै राजीनामा स्वीकृत हुन्छ,’ विद्यालय निरीक्षक गिरीले भन्नुभयो, ‘सायद चुनावको मुखैमा राजीनामा आएकाले चुनाव लड्नकै लागि आएको हुनुपर्छ।’

राजीनामा दिएका मध्यृ अधिकांशले वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने तयारी गरेका छन्। राजीनामा दिएका शिक्षक नरेन्द्र शाही शिवालय गाउँपालिका र प्रेमप्रसाद घर्तीले कुशे गाउँपालिकाको प्रमुखमा दावी गर्नुभएको छ । उनीहरु दुवै जनाले एमालेबाट उम्मेदवार बन्न लविङ्ग गरिरहेको बताइएको छ। त्यस्तै, रेश्माले काँग्रेसबाट छेडाडाड नगरपालिकाको उपमेयरमा टिकटको लागि प्रयास गरिरहनुभएको छ। अन्यले भने वडा प्रमुखमा दावी गरिरहनुभएको छ।

लामो समयपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा दलहरुकै पूर्णकालीन कार्यकर्ताले इच्छा जाहेर गरिरहेको बेला शिक्षकहरु धमाधम राजीनामा दिएर आउन थालेपछि टिकट वितरणमा दलहरुलाई निकै सकस परेको छ। राजीनामा नदिएरै सवै पार्टीमा दुई दर्जन बढीले टिकटका लागि लविङ्ग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

dishhomeapp