Annapurna Post Logo
Dish Home
    • दसैं आयो
    • काठमाडौंको चोभारमा सोमबार चंगा उडाउँदै बालक। चंगाले दसैं आएको संकेत गर्छ। 

     (तस्बीर: विकास कार्की)

  •  (तस्बीर: उमा विष्‍ट)

    • घाइतेको उद्धार
    • गोरखामा शनिबार भएको बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि  सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिदै ।  

     (तस्बीर: शिवप्रसाद उप्रेती)

प्रमुख समाचार
बिहानको शीर्ष बैठक निश्कर्ष बिना नै टुंगियो, दिउँसो वैद्यसँग छलफल

संविधान निर्माणका विवादित विषय तथा अन्तरबस्तुका बारेमा छलफल गर्न मंगलबार बसेको शीर्ष बैठक निश्कर्षबिना नै टुंगिएको छ।सिंहदरबारस्थित संवैधानिक, राजनीतिक, सम्वाद तथा सहमति समितिको कार्यलयमा बसेको कांग्रेस, एमाले र एमाओवादीको शीर्ष बैठकमा छलफल भए पनि निश्कर्ष केही निस्केन।

कांग्रेस एमाले र एमाओवादीले आआफ्नो अडान प्रस्तुत गरेकोले निश्कर्ष केही आउन नसकेको बैठकमा सहभागी नेताले बताए।दिउँसो एक बजे प्रधानमन्त्री सुशील कोइरालाको आयोजनामा बालुवाटारमा तीन मुख्य दल र एमामओवादीबीचको वार्ता छ। त्यसअघि सिंहदरबारमा संवैधानिक समितिको औपचारिक बैठक बस्नेछ।

 

ग्ल्यामर क्लिक्स्
फोटो :
अदालतमाथि खुकुरी त्रास

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले न्यायपालिकाका विषयमा अहिले राजनीतिक दलहरूले गरेको सहमतिअनुसार नयाँ संविधान आउने हो भने न्यायपालिका २०४७ सालअघिजस्तै हुने चेतावनी दिएका छन्। उनीहरूले २०४७ अघि न्यायपालिका कार्यपालिकाको अधीनमा रहेको र अहिले विधायिकाको अधीनमा राखेर हस्तक्षेप गर्न खोजिएको आरोप पनि लगाए।

'ए' डिभिजन नकआउट प्रतियोगिता आजदेखि

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आज(मंगलबार)देखि सुरु हुने एन्फा कप 'ए' डिभिजन नकआउट प्रतियोगिताको उद्‌घाटन खेलमा मनाङ मस्र्याङदी क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैछ। एएफसी प्रेसिडेन्ट कपको तयारीमा रहेको मनाङ प्राविधिक रूपले बलियो छ। पहिलोपटक 'ए' डिभिजनको मान्यता पाएको झापाले आज वास्तविक प्रदर्शन देखाउँदैछ।

अब बन्‍ने नयाँ संविधानको नाम 'नेपालको संविधान' राख्‍ने सहमति

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमबारको बैठकमा नयाँ संविधानमा पाँच सदस्यीय संवैधानिक परिषद्को व्यवस्था गरी त्यसमा एकजना महिला सदस्य अनिवार्य हुनुपर्ने सहमति भएको छ। परिषद्ले संवैधानिक अंगका प्रमुख र पदाधिकारीको नियुक्ति गर्नेछ। परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुनेछ। 

आर्थिक मुद्दामा मतभेद छैन: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रका दुईवटा मात्र खम्बा हुने बताएका छन्। भावी संविधान र संघीयतामा आॢथक मुद्दाका विषयमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले अर्थतन्त्रमा निजी र सार्वजनिक दुईवटा मात्र खम्म्बा हुने बताए। सहकारीलाई छुट्टै खम्बा मानेर संविधानमा राख्‍नुको कुनै औचित्य नहुने उनको भनाइ छ।

आज गौरापर्व, हर्षोल्‍लासका साथ मनाइँदै

भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरापर्व उमा महेश्‍वरसहित दुबोको पूजा गरेर आज वैदिक सनातन हिन्दू नारीले हर्षोल्‍लासका साथ मनाउँदै छन्। यो दिनमा सुदूरपश्‍चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्छन् ।काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्‍चिमवासी मनोरञ्‍चन गर्नेछन् । 

एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार: दुई पुस्ताबीचको सेतु

'म छँदै मेरो नाममा राष्ट्रिय पुरस्कार स्थापना गरेर चलचित्र संगीतमा योगदान पुर्‍याएका व्यक्तिलाई पुरस्कृत गरिएला भन्ने मलाई लागेको थिएन। तर भयो। मेरो लागि यो ठूलो सम्मान र पुरस्कार हो', संगीतकार शम्भुजित बाँस्कोटा गौरवका साथ भन्छन्। नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)को आयोजनामा गत वर्षदेखि सुरुभएको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा उनको नाममा 'शम्भु सर्वोत्कृष्ट संगीतकार' पुरस्कार स्थापना गरी चलचित्र संगीतमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्न थालिएको छ।

नसर्ने रोग नियन्त्रण गर्न कार्ययोजना

सरकारले नसर्ने रोग नेपालका लागि चुनौती बन्दै गएको निष्कर्षसहित यसको रोकथाम तथा नियन्त्रणका लागि ६ बर्से राष्ट्रिय कार्ययोजना तयार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बढ्दो सहरीकरण र अस्वस्थकर जीवनशैलीका कारण नेपाली पनि नसर्ने रोगबाट ग्रसित हुने क्रम बढ्दै गएकाले यसको दीर्घकालीन रोकथामका लागि कार्ययोजना तयार गरिएको हो।

एमाओवादी अडान: राष्ट्रपतीय प्रणाली र १० प्रदेश

एमाओवादीले राज्य पुनर्संरचना गर्दा १० प्रदेश र शासकीय स्वरूपमा राष्ट्रपतीय प्रणालीलाई आफ्नो बटमलाइन बनाएको छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको संविधान मस्यौदा सुझाव तथा समन्वय समितिले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई प्रतिवेदन बुझाएपछि एमाओवादीले त्यस्तो निर्णय गरेको हो।

राष्ट्रिय टोलीमा प्रशिक्षक पुबुको दोस्रो पाली सुरु

सम्‍झौतापत्र आदानप्रदान गर्दै युवा तथा खेलकुद मन्‍त्रालयका सहसचिव चूडामणि पौडेल(बायाँ) र राष्‍ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके।  (तस्बीर: रजेन्द्र केसी)

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेबीच सोमबार नयाँ सम्झौता भएको छ। गत साउन २ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयलाई व्यवहारमा उतार्दै पुबुदुसँग नयाँ सम्झौता गरिएको हो। सम्झौतापत्रमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल र प्रशिक्षक पुबुदुले हस्ताक्षर गरे।

सम्पादकीय
राहतमा उदासीनता
फोटो फिचर
फोटो पत्रकार : उमा विष्ट
विचार
एसियामा विकसित रणनीति र नेपाल
- केशवप्रसाद भट्टराई
  • उदाउँदो उग्रवाद र प्रतिरोध | नरेन्द्रजंग पिटर
  • सेवा निवृत्तका कुरा | थपराज कट्टेल
  • कार्टून
    अन्तर्वार्ता
    'फुटबलसँगै अन्य खेलमा पनि लगानी गर्न सकिन्छ'

    विशेष
     

    © २०१३ नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्बारा प्रकाशित तथा मन्त्र नेटवर्क प्रा.लि.द्बारा न्युजस्कुपमा विकसित एवं भण्डारण
    कार्यालय : कर्पोरेट टावर, तीनकुने, काठमाडौं | पोष्ट बक्स नं २४९९९ | फोन ४४८२३०५/४४८२२०७/४४६९७५८ | इमेल: annapurna@annapost.com | द.नं. १३५/०५८/०५९, म.क्षे.हु.नि.द.नं. ०६९\०७०